NRN
तीनकुनेमा प्रहरी र राजावादीबीच झडप

काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो 'संयुक्त जनआन्दोलन समिति' का 'जनकमान्डर' दुर्गा प्रसाईं आह्वानमा प्रदर्शन भएको छ ।

शुक्रबार दिउँसो तीनकुनेमा प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेर बानेश्वरतर्फ बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । राजावादीहरूले प्रहरीलाई ढुंगामुढा गरेका छन् भने प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेका छन् ।

शुक्रबार प्रदर्शन गर्न राजतन्त्र पक्षधरलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न समय दिएको थियो । तर कार्यक्रम सुरू नहुँदै भेला भएकाहरूले तीनकुनेबाट बानेश्वरतर्फ बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

यसै क्रममा राजावादीहरु तीनकुने पुलबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोज्दै झडप भएपछि प्रहरीले केही राजावादीहरूलाई नियन्त्रणमा समेत लिएको छ ।

प्रहरीले तीनकुने क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्दै सडकमा निगरानी बढाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update