राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको हो ।
प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको थियो ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १९:१३
प्रतिक्रिया दिनुहोस्