NRN
आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ ।

शुक्रबार राजावादीहरूको प्रदर्शनपछि जारी कर्फ्युका कारण निर्वाचन गर्न सकिने अवस्था नरहेको भन्दै स्थगित गरिएको हो । 

यसअघि चैत ५ गतेको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो । त्यसपछि चैत १६ गतेका लागि अर्को मिति तोकिएको थियो । 

यथाशीघ्र बैठक सर्वदलीय बैठक राखेर निर्वाचन मिति तय गरिने क्याम्पस प्रमुख डाक्टर पद्मकुमार अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update