पत्रकार हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् ।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो ।
उनको हत्याको विरोधमा आज बिहान नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । उनीहरुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीकाे माग गरेका छन् ।
आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१ १०:०६
प्रतिक्रिया दिनुहोस्