NRN
एनएसएलमा आज बुटवल लुम्बिनी र झापा एफसी भिड्दै

नेपाल सुपर लिग (एनएसएल) २०२५ को दोस्रो खेलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसी गरी सात टोली सहभागी छन् । लिग चरणमा ६ खेल मात्र हुने भएकोले दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

बुटवल लुम्बिनीको कप्तानी मिडफिल्डर एरिक विष्टले गर्नेछन् । टिममा मनिष र एरिकसँगै राष्ट्रिय टिमाका गोलकिपर दीप कार्की, सुमन श्रेष्ठ, विमल पाण्डे, निराजन धामी र टिकेन्द्र थापा छन् ।

झापा एफसीमा लकेनसँगै राष्ट्रिय टिमबाट खेल्ने डिफेण्डर छिरिङ लामा, गोलकिपर एन्जल श्रेष्ठ भर्खरै राष्ट्रिय टिममा परेका छन् । उनले डेब्यु गर्न बाँकी छ । यस बाहेक आशिष गुरुङ, उज्वल राई पनि यस पटक झापामा छन् ।

हिजो सुरु भएको प्रतियोगितामा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update