आइतबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
शुक्रबार प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँमा कारोबार भएको नेपाल सुन आज सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ७६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा प्रतितोला ६ सय रूपैयाँ बढी हो ।
यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ ।
शुक्रबार प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ ११:४७
प्रतिक्रिया दिनुहोस्