आईपीएल क्रिकेट : आज दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछन् ।
पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावादबीच हुनेछ भने दोस्रो खेल बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्गसबीच हुनेछ ।
गएराति अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएर पहिलो जित निकालेको थियो ।
प्रतियोगितामा हैदरावादले एक खेलमा जित र एक खेलमा पराजित भएको छ ।
दिल्ली एक खेल खेलेकोमा विजयी भएको थियो । राजस्थान दुबै खेलमा पराजित छ । भने चन्नई एक खेलमा जित र एकमा पराजित भएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ १२:१४
प्रतिक्रिया दिनुहोस्