प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार साँझ साढे ६ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गणतन्त्र पक्षधर दलहरुको बैठक बोलाइएको हो ।
गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो । तीनकुने घटनामा दुई जनाको मृत्युसमेत भएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ १२:५०
प्रतिक्रिया दिनुहोस्