NRN
नाम जस्तै अनमोल बनेका अनमोल केसी

आज अनमोल केसीको जन्म दिन । शुरूमा त उनलाई जन्म दिनको मुरी मुरी शुभकामना…। अनमोल अर्थात यतिबेला यूबा पुस्ता माँझ क्रेज बनाउंन सफल अभिनेता । ब्यबहार, आचरण, शैली र शानदार उपस्थितिले पनि उनलाई यूबा पुस्ताका नायकहरूको भिडमा नाम जस्तै अनमोल नायकको रूपमा स्थापित गरेको छ ।

कर्मको मात्र ख्याल राख्छन् उनि, अनि उनलाई आफ्नो कामसंग मात्र मतलब छ । नेपाली कलाकारिताभित्र हुने गरेका राजनीति र खुट्टा तानातानसंग उनि खासै मतलब राख्दैनन् र अरूको कुरा काट्ने, छुद्रो बोल्ने र इर्ष्या गर्ने जस्ता तल्लो स्तरको सोच र ब्यबहार उनिबाट कहिले देखिएन र आएन पनि । यही बिशेषताका कारण पनि हो उनि कहिले बिबादमा आएनन् ।

हुन त उनलाई बिबादमा ल्याउंन पनि नखोजिएको होइन, तर उनको बिगतको शालिन र भद्र पहिचानले अनमोलको क्रेज माथि हिलो छ्याप्न खोज्नेहरू अन्त्तत: आफैं परास्त भए, र भैरहेका छन् । यो कुरा ठोकुवा गरेर भन्न सकिन्छ कि पछिल्लो समय नेपाली सिनेमाप्रति यूबा पुस्ताको रूची बढाउंने मामिलामा अन्य केही यूबा पुस्ताका नायकको अनुपातमा अनमोलको हात, योगदान र उपस्थिति बढी नै छ भन्दा धक मानिरहनु पर्दैन ।

देशदेखी बिदेशसम्म छरिएर रहनु हुने नेपालीहरू माँझ ‘वाह’ गर्न लायकको क्रेज बनाएका अनमोल केसीलाई आफ्नो चलचित्रमा लिनका लागि हुने गरेको हानथाप र उनलाई जाने गरेको प्रस्ताब सांच्चै उल्लेखनीय नै रहंदै आएको छ । तर सबै अध्यन गरेर मात्र सिनेमा छान्ने र खेल्ने उनको शैलीले नै अनमोललाई अरूको भिडमा बिशिष्ट पहिचान दिलाएको छ । यतिबेला पैसाकै पछि लाग्ने हो भने अनमोलले महिनाको एउटा फिल्ममा काम गर्न सक्थे । तर उनले पैसालाई कहिले पनि प्राथमिकतामा राखेनन् ।

आज चल्यो भोली फ्लप, आज नाम छ भोला गुमनाम । जस्तो सोच र शैली उनी अपनाउंन चाहंदैनन् । अनमोल नेपाली चलचित्रकर्ममा लामो रेशको घोडा बन्न चाहन्छन । त्यस कारण पनि उनि सिनेमाको संख्या होइन गुणात्मकतामा ध्यान दिन चाहन्छन् र आजसम्म त्यही गरिरहेका छन् । त्यस कारणले पनि उनको चलचित्र हेर्न दर्शकहरू ब्यग्र प्रतिक्षा गरेको पाईएको छ, अनि दर्शकहरूले पनि प्रतिक्षाको फल मिठो हुंदो रहेछ भनेर महसुष गर्न र भन्न पाएका छन् ।

यतिबेला जेरी अन टपको काममा ब्यस्त अनमोलको यो चलचित्र हेर्न दर्शकहरूमा ब्यग्र प्रतिक्षा देखिएको छ । यस अघिको चलचित्र फर्की फर्कीबाट शानदार प्रशंसा हात पारेका अनमोललाई जेरी अन टपले झनै टपमा पुर्याउंने देखिन्छ ।

सरल, सहज, मृदुभाषी अनि आफ्नो कर्मप्रति मात्र ध्यान दिने र अरूको कुभलो नसोच्ने अनि अरूको नकारात्मकताप्रति पटक्कै आफ्नो समय र सोच नखर्चिने अनमोल आज यही आचरण, शैली र बिशेषता कै कारण नाम जस्तै अनमोल साबित भएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update