NRN
आइतबार उच्च अंकले बढ्यो नेप्से,  ३२.२४ अंकले बढेर २६९५.५५ विन्दुमा

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेप्से ३२.२४ अंकले बढेर २६९५.५५ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबार रकम पनि बढेको छ । बिहीबार पाँच अर्ब २२ करोडको सेयर कारोबार भएकोमा आइतबार सात अर्ब ५६ करोडको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा २ अर्ब ३४ करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३२३ वटा धितोपत्रको एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर किनबेच भएको छ । आइतबार २२२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ । 

बैंकिङ ०.८२, विकास बैंक ०.८२, फाइनान्स २.०१, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर १.५४, लगानी २.१८, जीवन बीमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.७८, अन्य २.०८ प्रतिशत बढ् । व्यापार सेक्टर भने ०.२६ प्रतिशत घट्यो ।

जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशत बढ्यो । त्यस्तै दोर्दीखोला हाइड्रोपावरको ६.५९, गुराँस लघुवित्तको ५.९५ र तेह्रथुम पावरका् ५.८७ प्रतिशत बढ्यो । सयपत्री हाइड्रोको ५.७९, सामुदायिक लघुवित्तको २.२१ प्रतिशत मूल्य घट्यो ।

आइतबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update