NRN
राजावादीको आक्रमण र तोडफोडविरुद्ध चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले चैत २५ गते देशभर भण्डाफोर अभियान चलाउने भएको छ ।

एकीकृत समाजवादीले आइतबार पत्रकार सम्मेलन गर्दै राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त प्रदर्शन गर्न लागेको हो ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यापी रूपमा भण्डाफोर गर्ने निर्णय गरेको हो ।

गत शुक्रबार राजावादीहरूले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए । त्यसबाट करिब ५० लाख बराबरको क्षति भएको पार्टीले जानकारी दिएको छ । 

 

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update