
इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन् ।
रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो । उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन् ।
केही मुस्लिमले ‘इद-उल-फित्र’ को नमाज मस्जिदमा त केहीले ‘इदगाह’ मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन ।
यसै क्रममा मुस्लिम समुदायका मानिसहरू काठमाडौंको टुँडिखेलमा भेला भएर सामूहिक रूपमा नमाज पढेका छन् ।
नमाज पूरा गरेपछि एकअर्कालाई अंकमाल गरेर बधाई साटासाट गरे । उनीहरूले आज घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् ।
रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो । यो पर्वको ७० औं दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन् ।
इद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन् । सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।