NRN
सोमबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

आइतबार प्रतितोला एक लाख ७६ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ७७ हजार नौ सयमा कारोबार भइरहेको छ ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार एक सय रूपैयाँ बढी हो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३१ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update