NRN
संसद्‍मा प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाले गरे अवरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् ।

विपक्षीहरूको माग अनुसार संसद्मा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले बोलिरहेका बेला राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरेका हुन् । त्यसपछि राप्रपाका अन्य सांसद पनि उठेर विरोध गरे ।

सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरिरहेका छन् ।

सभामुखले राप्रपाका सांसदलाई आफ्नो स्थानमा बस्न आग्रह गरे पनि नटेरीकन उनीहरू उठेर विरोध गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update