तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गरे ।
‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’ उनले यो सबै घटनाको जिम्मेवार पूर्वराजा नै भएको दाबी गरे ।
साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ १२:५३
प्रतिक्रिया दिनुहोस्