NRN
मंगलबार सुनको मूल्य एक लाख ७९ हजार सात सय रूपैयाँ

नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड राखिरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो ।

सोमबार प्रतितोला एक लाख ७७ हजार नौ सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ७९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार आठ सय रूपैयाँ बढी हो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर छ ।

सोमबार प्रतितोला दुई हजार ३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update