राप्रपाका प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बोहराको आज काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो ।
उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१ ११:३२
प्रतिक्रिया दिनुहोस्