NRN
राष्ट्रपति पौडेलद्वारा संसद्को दुवै सदनको हिउँदै अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । 

मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२:०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update