NRN
तीनकुने घटना : प्रहरीको गोलीबाट घाइते भएका रेविका खत्री र दाइको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीको प्रदर्शन

काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भएका रेबिका खत्रीको न्याय माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

मंगलबार कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले न्याय र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग राखेर प्रदर्शन गरेका हुन् ।

चैत १५ गते तीनकुनेमा भएको हिंस्रक प्रदर्शनमा गोली लागेर रेविका खत्री र उनका दाइ घाइते भएका थिए । खत्री सोही क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । 

खुट्टामा गोली लागेकी रेविकाको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई कसरी गोली लागेको भन्ने विषयमा बुझ्ने काम भइरहेको छ । सोही प्रदर्शन दर्जन बढी घाइते भएका छन् । एकजना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेको र भिडलाई उत्तेजित बनाएको भन्दा राप्रपाका नेतासहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । आन्दोलनका ‘कमान्डर’ दुर्गा प्रसाईँ भने अहिले फरार रहेका छन् । उनलाई प्रहरीले खोजिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update