NRN
नेप्से आज १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा बन्द

मंगलबार नेप्से परिसूचक दोहारो अंकले घटेको छ । नेप्से १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा बन्द भएको हो ।यस दिन कारोबार रकममा पनि गिरावट आएको छ । 

आइतबार सात अर्ब ५६ करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ७९ करोडको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७७ करोड रूपैयाँ कमी आएको हो ।

आज ३२० वटा धितोपत्रको एक करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटाको घटेको छ । 

मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ ।

बैंकिङ ०.७४, विकास बैंक ०.९५, फाइनान्स १.८४, होटल तथा पर्यटन १.७४, हाइड्रोपावर ०.९९, लगानी ०.४४, जीवन बीमा ०.६३, उत्पादन ०.५२, माइक्रोफाइनान्स १.१०, निर्जीवन बीमा ०.३८ र अन्य समूह १.३९ प्रतिशत घटे ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै, राधि विद्युत्को ४.२८, सयपत्री हाइड्रोको ४.१५, विशाल बजारको ४.०६ प्रतिशत मूल्य बढ्यो ।

गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशत घट्यो । छ्याङ्दी हाइड्रोको ४.३६, उपकार लघुवित्तको ४.०५, दोर्दी हाइड्रोपावरको ३.६ प्रतिशत मूल्य घट्यो । 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update