प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड गएपछि उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मन्त्रिपरिषदमा सिंह दोस्रो वरीयतामा भएकोले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीमा सिंहलाई तोकेका हुन् ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली मंगलबार दिउँसो थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी चैत २३ गते स्वदेश फर्कने तालिका छ ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१ १५:५७
प्रतिक्रिया दिनुहोस्