
गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताएका हुन् ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनाबारे छानबिन आयोग गठन गर्न माग गरेका थिए ।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन र सभा थियो ।प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोज्दा प्रसाईंले गाडी चलाउँदै प्रहरीलाई पेल्दै घेरा तोडेका थिए ।
प्रहरीले भीड नियन्त्रण गर्न पानीको फोहरा, अश्रुग्यास र हवाई फायरिङ गरेको थियो । प्रदर्शनकारीहरूले निजी घर तथा सरकारी सवारी साधनमा तोडफोड र आगजनी गरेका थिए ।
उक्त घटनामा दुई जनाको मृत्यु भएको छ भने केही घाइतेको अस्पतालमा उपचार जारी छ ।