NRN
एनएसएस २०२५ मा आज एफसी चितवन र बुटवल लुम्बिनी भिड्दै

नेपाल सुपर लिग (एनएसएस) २०२५ मा आज एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

चितवनको यो दोस्रो खेल हो भने बुटवल आफ्नोले तेस्रो खेल खेल्दैछन् ।

जारी प्रतियोगितामा पहिलो खेलमा जित निकालेको चितवन एफसी आज लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रिँदैछ । चितवनले यसअघि पोखरा थण्डर्सलाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

यसअघि दुई खेलमा जितविहिन रहेको बुटवल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको बुटवल लुम्बिनी दोस्रो खेलमा ललितपुर सिटीसँग ४-१ ले पराजित भएको थियो । 

यसअघि हिजो साँझ सम्पन्न खेलमा काठमाडौं रेजर्स र झापा एफसीले गोलरहित बराबरी खेलेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update