NRN
बैंककमा ओली-मोदी भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि दुई नेताबीच भेटवार्ता भएको हो ।

तेस्रो कार्यकालका लागि ओली प्रधानमन्त्री निर्वाचित भएपछि मोदीसँगको यो दोस्रो भेट हो ।

यसअघि बङ्गलादेश, भुटान, भारत, म्यानमार, श्रीलंकाका समकक्षी एवं उच्च नेतृत्वसँग ओलीले भेटवार्ता गरेका थए ।

गत मंगलबार (चैत १९ गते) बैंकक प्रस्थान गरेका थिए ।  

 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update