NRN
आज (आइतबार) पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (आइतबार) पनि सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा यसदिन प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको हो । 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार चार रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रूपैयाँ घटेको हो।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update