NRN
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुको सिठी जुलुस

शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् ।

केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माइतीघरमा सिठी जुलुस निकालेका हुन् ।

शिक्षकहरूले काठमाडौंको माइतीघर देखि नयाँ बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update