लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, आज चाँदी कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ । गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ घटेको हो ।
आइतबार सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ ।
आइतबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ ११:२५
प्रतिक्रिया दिनुहोस्