NRN
राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार बल्खुमा आमसभा गर्ने भएको छ । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि सभा बल्खुमा हुने भएको हो ।

भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल शिक्षक महासंघ लगायतले माइतीघर-बबरमहल क्षेत्रमा आन्दोलन जारी राखेको भन्दै राप्रपालाई बल्खु वा सिफल चौरमा कार्यक्रम गर्न भनेको थियो । सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिले नै राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा आन्दोलन गर्ने निर्णय गरेको थियो ।

राप्रपाको यो आमसभा र प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' ले पनि समर्थन जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update