NRN
रवि लामिछाने भैरहवा कारागार चलान

बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । 

जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रक्रिया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो ।भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको प्रहरीले जनाएका छन् । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् ।

शुक्रबार उच्च अदालत बुटवलले यसअघि जिल्ला अदालतले १ करोड धरौटीमा छाड्न दिएको आदेश उल्टाउँदै पुपर्क्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी शुक्रबार राति नै पक्राउ परेका हुन् । 

काठमाडौंमा पक्राउ परेका रविलाई शनिबार बिहानै विमानमार्फत भैरहवा ल्याइएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update