NRN
मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद्को बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा गभर्नर नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्र बैंक ऐनमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्तिबारे निर्णय गर्नुपर्ने व्यवस्था छ । तर, निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि आइतवार सकिए पनि हालसम्म सरकारले नयाँ गभर्नर नियुक्तको निर्णय गर्न सकेको छैन ।

२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन् । 

 

 

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update