NRN
काठमाडौं महानगरका कर्मचारीले पाए तीन महिनादेखि रोकिएको पारिश्रमिक

काठमाडौँ महानगरपालिकाले कर्मचारीको तलब खातामा हालिदिएको छ ।

महानगरका मेयर बालेन्द्र साह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब गएको छ ।महानगरको कर्मचारीले पाउन बाँकी रहेको तीन महिनादेखि छ महिनासम्मको तलब पाएको महानगरले जनाएको छ । 

महानगरले एक अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको छ । महानगरको २९ सय व्यक्तिलाई एक अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

काठमाडौँ टावरको नक्सा १२ तलाको ठाउँमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई तीन महिना अघि कारबाही गरेपछि सबैको तलब रोकिएको थियो ।

लामो समयदेखी कार्यालय प्रमुखबिहीन अवस्थामा रहेको महानगरमा चैत्र २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कर्मचारी र अन्य जनप्रतिनिधीले जबरजस्ती कार्यालय प्रवेश गराएका थिए ।

कार्यालय प्रवेश गरेर गुरागाईँले हाजिर गरेसँगै रोकिएको कर्मचारीहरुको पारिश्रमिक समेत निकासा भएको हो ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update