
सोमबार सेयर बजारको परिसूचक नेप्से उच्च अंकले घटेको छ । नेप्से ३३.३३ अंकले घटेर २६७०.०६ विन्दुमा बन्द भएको हो ।
यस दिन कारोबार रकममा पनि गिरावट आएको छ ।
गत कारोबार दिन अर्थात् बिहीबार सात अर्ब २३ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ६५ करोडको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ५८ करोड रूपैयाँ कमी आएको हो ।
आज ३२२ वटा धितोपत्रको एक करोड एक लाख ४८ हजार ६६ कित्ता सेयर किनबेच भएको छ । सोमबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२१ वटाको घटेको छ ।
सोमबार हिमायलन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ ।
सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटे ।
बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ६.६३, सिन्धु विकास बैंककोे ६.४४ तथा उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशत बढ्यो ।
अपरहेवाखोलाको मूल्य सबैभन्दा धेरे ९ प्रतिशत घट्यो । हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशत घट्यो ।