NRN
मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सोमबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update