
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दैछ ।
संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो ।
राप्रपाले सोहि सभाका लागि सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । यसअघि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले कडा सुरक्षा प्रबन्ध गरेको हो । हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।
आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । राप्रपाले पार्टी वा राष्ट्रिय झन्डा लिएर प्रदर्शन र आमसभामा आउन अपिलसमेत गरेको छ ।
राप्रपाले भृकुटीमण्डपमा कार्यक्रमका लागि अनुमति मागे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यस क्षेत्रमा शिक्षक लगायतको आन्दोलन रहेको भन्दै सुरक्षाका कारण देखाएर बल्खु वा सिफल चौरमध्ये एक ठाउँमा कार्यक्रम गर्न भनेको थियो ।