
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेलहरू हुँदैछन् ।
आजको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्ने छन् । खेल दिउँसो पौने ४ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ ।
कोलकाता र लखनउ दुवैले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेका छन् ।
४ खेलमा ४ अंक जोडेका यी दुई टोलीहरू अंकतालिकामा बीच भागमा छन् । कोलकाता पाँचौं र लखनउ छैटौं स्थानमा छन् ।
आजको अर्को खेलमा पञ्जाब किङ्स र चेन्नई सुपर किङ्स खेल्दै छन् । खेल पञ्जाबको मुल्लानपुरमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
पञ्जाबले ३ खेलमा २ जित निकालेको छ भने चेन्नईले ४ खेलमा १ जित मात्र निकाल्न सकेको छ । सुरुवाती दुई खेल जितेको पञ्जाब तेस्रो खेलमा पराजित भयो ।
चेन्नईले सुरुवाती खेल जितेपछि लगातार ३ खेल हारेको छ । अंकतालिकामा पञ्जाब ३ खेलमा ४ अंक जोडेर चौथो स्थानमा छ भने चेन्नई २ अंकसहित नवौं स्थानमा छ ।