
मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा बन्द भएको छ ।
यसदिन कारोबार रकममा पनि गिरावट आएको छ ।
सोमबार पाँच अर्ब ६५ करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ३० करोडको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा ३५ करोड रूपैयाँ कमी आएको हो ।
आज ३२१ वटा धितोपत्रको एक करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर किनबेच भएको हो । मंगलबार १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ वटाको घटेको छ ।
यसदिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मंगलबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमायलन रिइन्स्योरेन्स रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ ।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ ।