NRN
द्रुपदा सापकोटा : कन्सुलर विभागको पहिलो महिला महानिर्देशक

- राजन घिमिरे

अन्तत: द्रुपदा सापकोटा कन्सुलर विभागको पहिलो महिला महानिर्देशक बन्न सफल हुनु भएको छ । नेपाली दूतावास दिल्लीबाट फर्कनु भएको सापकोटालाई कन्सुलर विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । यससंगै कन्सुलरको महानिर्देशक बन्ने ऊहां पहिलो महिला हुन सफल हुनु भएको छ । सापकोटा दिल्ली दूतावासमा पोलिटिकल काउन्सिलरका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उहांसंग पहिला लामो समय मलेसिया र अष्ट्रेलियामा रहेको नेपाली दूतावासमा कार्यवाहक राजदूत भएर काम गरिसक्नु भएको अनुभब छ । कन्सुलर विभाग मुख्यत: विदेशमा रहेका नेपालीहरुका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरण, विदेशी नियोग तथा कूटनीतिक पदाधिकारीहरुलाई प्रदान गरिने सुविधा तथा उन्मुक्तिलगायतका महत्वपूर्ण काम गर्ने ज़िम्मेवारी पाउंने बिभाग हो । अब यसको ज़िम्मेवारी सापकोटाको पोल्टामा परेको छ । त्यसका साथै नेपाल सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरुका लागि सम्बन्धित देशको प्रवेशाज्ञाको लागि सिफारिस गर्ने काम समेत यो विभागले गर्र्ने गर्दछ छ ।

सहसचिव सापकोटा पाकिस्तानमा रहनु भएकी नेपाली राजदूत रिता धितालपछि महिला सह सचिबमा सबैभन्दा सिनियर हुनुहुन्छ । नेपालको कुटनैतिक क्षेत्रमा लामो समयदेखी बलियो उपस्थिति जनाउंदै आउंनु भएकी सापकोटाले अष्ट्रेलियामा कार्यवाहक राजदूतको ज़िम्मेवारी सम्हाल्दा गरेको कार्यको आज पनि तारिफ हुने गरेको छ । अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरुको पक्षमा सापकोटाले निभाएको भूमिका सांच्चै सह्रानीय मानिएको थियो । सरकारले आफूलाई सुम्पेको ज़िम्मेवारीलाई कर्तव्य सम्झेर त्यस अनुसार काम कारबाही गर्नु सापकोटाको अर्को बिशेषता हो ।

राजदूतको अभाव भैरहेको देशमा रहेर त्यो अनुसार गहन भूमिका खेलेर दुई देशबीचको सम्बन्धलाई प्रगाढ़ बनाउंदै र मूलुक र जनताको पक्षमा वकालत गर्दै कूटनीतिक क्षेत्रमा सापकोटाले निभाएको भूमिका सांच्चै स्वागत योग्य मानिंदै आएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update