चलचित्र सेन्सर बोर्डको सदस्यमा सम्पन्न श्रेष्ठ

राजन घिमिरे
सम्पन्न श्रेष्ठ केन्द्रीय चलचित्र जाँच समिती (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी मंगलबार सदस्यमा नियुक्त भएका हुन । लामो समयदेखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय सम्पन्न नेपाली चलचित्र बिधाका सक्रिय कलाकार हुन ।
खलनायक , दोस्ती ,दादागिरी , द गेम र भबिष्य लगायतका चलचित्रहरूमा काम गरिसकेका उनले केही टेलिचलचित्र, भिडियो चलचित्र र म्यूजिक भिडियोहरूमा पनि काम गरिसकेका छन । नेपाली खेलकुद क्षेत्रमा पनि सम्पन्न लामो समयदेखी आबद्द रहंदै आएका छन । राष्ट्रिय तथा अन्तर्राष्ट्रीय खेलकूद प्रतियोगिता र चलचित्र महोत्सबमा सम्पन्न श्रेष्ठले सफलताका साथ सहभागिता जनाउंदै आएका छन ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ १०:०९
प्रतिक्रिया दिनुहोस्