NRN
एनएसएल २०२५ : आज चितवन र ललितपुर भिड्दै

नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज दुई अपराजित टोली एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

जारी लिगमा चितवन ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ भने ललितपुर ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

पोखरा र बुटवल लुम्बिनीलाई पराजित गर्दै सानदार सुरुवात गरेको चितवनले अन्तिम समयमा गोल खाँदा झापा एफसीसँग अंक बाँडेको थियो ।

उता ललितपुरले पहिलो खेलमा काठमाडौं रेजर्ससँग बराबरी खेल्दै लिग सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा पोखरालाई हराएको ललितपुरले तेस्रो खेलमा धनगढी एफसीसँग बराबरी खेलेको थियो ।

जारी प्रतियोगितामा एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update