काठमाडौँको शंखमूलमा एकजना पुरुषको शव फेला

काठमाडौँ महानगरपालिका–३१ शंखमूलमा एकजना पुरुषको शव भेटिएको छ ।
मोरङको विराटनगर घर भएर शंखमुलमा डेरी गरेर बस्ने युवराज ढकालको शव भेटिएको प्रहरीले जनाएको छ ।
४५ वर्षीय ढकाल आफ्नै डेरामा मृत भेटिएका हुन् । उनी विराटनगर महानगरपालिका–३ का स्थानीय हुन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ १३:२१
प्रतिक्रिया दिनुहोस्