NRN
आइतबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । गत बिहीबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक लाख ८५ हजार रूपैयाँमा कारोबार भएको सुन आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ८६ हजारमा कारोबार भइरहेको छ ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार रूपैयाँ बढी हो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार दुई सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update