
पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश लम्बिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै कर्फ्यु आदेश लम्बिएको जानकारी दिएका हुन् ।
प्रशासनले शनिबार साँझ ६:३० बजेदेखि भएर आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यू लगाएको थियो ।जुन आइतबार राति १२ बजेसम्म लम्ब्याइएको हो ।
हनुमान जयन्तिको अवसरमा आयोजना गरेको शोभायात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । शोभायात्रामा हिँडिरहेकाहरूमाथि ढुंगा हानेको भन्दै त्यहाँ तनावको स्थिति बनेको हो ।
झडप हुँदा प्रहरीतर्फ एसपी गौतम मिश्रसहित १७ जना घाइते भएका थिए । सशस्त्र प्रहरीका आठ जना र १२ जना सर्वसाधरण घाइते भएका थिए ।
स्थिति नियन्त्रण बाहिर पुगेपछि प्रशासन कार्यालयले शनिबार साँझदेखि आइतबार मध्यान्हसम्म कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्यु आदेश जारी रहेको अवधिभर कुनै पनि प्रहारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, लगायत गर्न नपाउने आदेशमा उल्लेख छ।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कर्फ्यु आदेश जारी भएको हो ।