आईपीएल २०२५ अन्तर्गत आज पनि दुई खेल हुने

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आज पनि दुई खेलहरू हुँदैछन् ।
पहिलो खेल दिउँसो ३:४५ बजे जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच हुनेछ ।
राजस्थान ५ खेलमा २ जितसहित तालिकाको सातौं स्थानमा छ भने बेंगलुरु ५ खेलमा ३ जितसहित पाँचौं स्थानमा छ ।
दोस्रो खेल बेलुका ७:४५ बजे दिल्लीको अरुण जेट्ली स्टेडियममा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच हुनेछ ।
दिल्लीले अहिलेसम्म ४ खेलमा अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा छ भने मुम्बई ५ खेलमा १ जितसहित तालिकाको नवौं स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ १२:३६
प्रतिक्रिया दिनुहोस्