NRN
सेलिब्रेटीका डिभोर्स , बजारभरि छताछुल्ल…॥

- राजन घिमिरे

यतिबेलाको मौसम तातो मौसम ।अझ भनौं यो भन्दा त एक जना महिला सेलिब्रेटीको डिभोर्सको चर्चाले गर्माएको छ बजार ।केही मिडिया र यूटुबेहरूले खुराग पाएका छन, तर बदलामा ति सेलिब्रेटीले आफ्नै धज्जी उडेको र आफैले आफ्नो उपस्थिति अमिलो बनाएको पत्तै पाईनन् । उनले आफ्नो डिभोर्सको बारेमा दिएको अन्तरबार्ताले उनले नेपाली कलाकारिता बिधामा पुर्याएको योगदान र निरन्तरता ओझेलमा पर्यो ।

त्यसो त,ती सेलिब्रेटीले जिबनमा आफ्नो कलाकारिता र चलचित्रका बारेमा यति धेरै दौडधूप गरेकी थिईनन् होला जति अहिले आफ्नो डिभोर्सको बारेमा चर्चा गर्न मिडियामा जान भ्याई नभ्याई छ उनलाई । जिबनमा ठूलै उपलब्धि र पुरस्कार हात लाग्न लागे जस्तो गरेर आफ्ना नितान्त आन्तरिक सम्बन्धका कुरालाई यसरी छताछुल्ल पार्न उनि यसरी लागेकी छिन कि उनले अभिनय गरेको चलचित्रले पनि यति चर्चा पाएको थिएन होला । आफ्ना डिभोर्सको बारेमा मिडियामा गएर चिच्याएर बेलिबिस्तार गर्दा के पाइयो त खै उपलब्धि…?

यस तर्फ ति सेलिब्रेटीले किन केही सोचिनन् र बुझ्ने चेष्टा पनि गरिनन्…? कानुनी रूपमा डिभोर्स भैसकेको छैन । उनि आफै भन्छिन -‘ प्रकृयामा छ -‘ । तर सेलिब्रेटीहरू सिनेमाको प्रचार गरे जस्तो गरेर गौरवपूर्ण रूपमा आफ्नो डिभोर्सको बारेमा किन मिडियामा गएर प्रचार - प्रसार गर्न हतार गरिरहेका छन ? यसले उल्टो तपाईको साख र उचाई घटाउने छ । यो कुरा सेलिब्रेटीले अरूलाई सम्झाउंनु पर्ने हो तर, यहाँ सोलिब्रेटीहरू नै आफै आफ्ना सम्बन्धहरूलाई बजारमा तितर बितर गर्न तिर लागेको देखिन्छ । यो अबश्य पनि राम्रो होइन । चित्त बुझेन , संगै बस्न सकिएन । मन मिलेन ।

सहमतिमा सम्बन्ध टुटाए भै गो नि । किन सम्बन्ध टुट्नु अगाडि नै बिहे भयो तर सम्बन्ध भएको छैन भन्दै मिडियामा किन फलाकेको ? तपाईको यस्तो अभिब्यक्तिले फाइदा हुने त मिडिया र युटुबेलाई मात्र हो । उनिहरू यस्तै खुरागको तयारीमा छन र तपाई यस्तै खुराग भै दिनु भयो । उनिहरूलाई लाईक बढाउंनु छ अनि भ्यूज बढाउंनु छ । तपाई प्रयोग भैरहनु भएको छ । खै कुरा बुझेको ?

आज तपाई डिभोर्सको बारेमा बोलेन जून जून मिडियाना जानु भयो , किनीहरूले तपाईको चलचित्रकर्मको बारेमा कहिले प्रशंसा गरे । तपाईको अभिनयको तारिफ गरे ? भन्नुस त ? समाजको ऐना मानिनु हुने तपाईहरू जस्ता सम्मानित सेलिब्रेटीहरूले नितान्त ब्यक्तिगत कुरालाई बजारमा छरपष्ट पारेर आफ्नो धज्जी आफै किन उडाउंदै हुनुहुन्छ…?

आफ्नो डिभोर्सको कुरालाई सगौरब मिडियामा गएर फलाक्दा तपाईलाई के फाईदा भयो ? यसमा फाईदा त तपाईको डिभोर्सको कुरालाई कोट्याई कोट्याई सोध्ने र त्यो कुरालाई हाईलाइट गर्ने मिडियाको लाईक बढ्यो अनि भ्यूज मात्र बढ्यो । हो, यो फाईदा उनिहरूलाई भयो , तर तपाई प्रयोग मात्र हुनु भयो । यति कुरा तपाईहरू जस्ता उच्चकोटीको सेलिब्रोटीले बुझ्नु पर्ने हो । ति मिडियाले तपाईको माया लागेर तपाईको अन्तर्बार्ता लिएका हुन र ? उनिहरू जे चाहन्छन , तपाईहरू त्यस्तै भै दिनु भएको छ । अनि के चाहियो र…?

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update