
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रकर्ड बनाइरहेको सुनको मूल्य आज फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
मंगलबार प्रतितोला १ लाख ८४ हजार तीन सय रूपैयाँमा किनबेच भएको सुन आज सुन प्रतितोला एक लाख ८७ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला दुई हजार सात सय रूपैयाँ बढेको हो ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
म्ंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।