NRN
आज अस्ट्रेलियन डलरको मूल्य बढ्दा घट्यो युरोको मूल्य

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलरको मूल्य बढेको छ भने युरोको मूल्य घटेर छ ।

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

आज युरो एकको खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update