राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
-1744789336.jpg)
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन् ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ १३:२९
प्रतिक्रिया दिनुहोस्