NRN
बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार ६ सय रूपैयाँ बढी हो ।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update