
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कको अनुसार अमेरिकी डलरको मूल्य घटेको छ भने युरो र अस्ट्रेलियन डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ ।
युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा तोकिएको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २० पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६९ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रूपैयाँ १५ पैसा तोकिएको छ ।
कुवेती दिनार एकको खरिददर ४४६ रूपैयाँ २४ पैसा र बिक्रीदर ४४८ रूपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८६ पैसा रहेको छ ।
भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।