NRN
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । बैठक बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

सहकारी ठगी प्रकरणमा पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागी थुनामा गएपछि कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

बैठकमा अघिल्लो बैठकका निर्णय कार्यान्वयनको अवस्था, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । 

त्यस्तै, महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुनेछ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update